विचार / दृष्‍टिकोण

प्रदिप धमला गौरादह, ११ चैत २०७८ । राजनीतिमा पुस्तान्तरणको शब्द सुन्दा राम्रो तर व्यवहार कठिन विषय हो । हरेक राजनीतिक पार्टीमा लामो समयदेखी पुस्तान्तरणको प्रश्न उठ्दै आएको छ । तर, व्यवहारमा त्यो सम्भव भएको छैन । यसका अनेका कारणहरु रहेका छन् । दुई तरिकाले पुस्तान्तरण सम्भव हुन्छ । एक संरचनागत प्रकृया, दुई पछिल्लो पुस्ताको हस्तक्षेपको भुमिका । यी दुई प्रकृयाबाट राजनीतिमा पुस्तान्तरण रुपान्तरण सम्भव रहेको छ । तर, नेपालमा यी दुई प्रकृया व्यवहारत प्रयोग हुन सकेन । यसका दुई फ्याक्टर…

प्रदिप धमला गौरादह, ९ चैत २०७८ । राज्य वा सरकारले नागरिक वा ग्राहकका लागि उपलब्ध गराउने सेवा सुविधालाई सार्वजनिक सेवा प्रवाह भनिन्छ । राज्यको उत्पत्ति पनि आफ्ना जनतालाई सेवा उपलब्ध गराउने प्रयोजनकै लागि भएको देखिन्छ । कुनै पनि देशको सरकारले त्यस देशका जनतालाई टेलिफोन, विद्युत, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, हुलाक, यातायात सुरक्षा जस्ता सेवा उपलब्ध गराउनु पर्दछ । सरकारले जनतामा पुर्‍याउने सेवालाई नै सार्वजनिक सेवा भनिन्छ । सरकारले जनताको जन्म देखि मृत्यु पर्यन्त सम्म पुर्‍याउनु पर्ने सेवा सरल तरिकाले, कम…

प्रदिप धमला गौरादह, २ चैत २०७८ । नेतृत्वको विषयलाई चर्चा गर्दा नेता र नेतृत्वमा के फरक छ नेतृत्व भनेको के हो नेतृत्व केका लागि भन्ने जस्ता प्रश्न आउँछन् । झट्ट सुन्दा हामी नेतृत्व भनेको राजनीतिक नेतालाई बुझ्छौ । हाम्रो चिन्तन र सोचाई राजनीतिक नेतृत्वकै वरिपरि घुमिरहेको पाउँछौ । राजनीतिक नेताहरुले नीति बनाउने भएकाले उनीहरुको ठुलो महत्व छ । नीतिले बहुसंख्यक जनतालाई प्रभाव पार्दछ । तर त्यसो भए राजनीतिक नेतृत्व मात्रै नेतृत्व हो त ? पक्कै होईन । यो सापेक्ष विषय…

प्रदिप धमला गौरादह, १९ फागुन २०७८ । राजनीतिलाई नीतिमा सबैभन्दा प्रमुख नीति पनि भनिन्छ । विश्वमा सबै राष्ट्रले राजनीतिलाई नै प्रमुख मानेर देशको हरेक पक्षको विकासमा त्यहाँको राजनीतिक प्रणाली र राजनीतिक संस्कालाई अँगाल्छन् व्यक्ति वा समुहको राजनीति र राजनीतिक वस्तुप्रतिको द्वष्टिकोण नै उसको राजनीतिक संस्कार हो । नेपालको वर्तमान राजनीतिलाई हेर्ने हो भने मान्छेहरु राजनीतिलाई घृणाको द्वष्टिकोणले हेर्दछन् अझ भनौ राजनीति एक फोहोरी खेल हो भन्छन् । उनीहरु राजनीतिबारे पटक्कै चासो राख्दैनन् । यस्तो किन भयो सहज उत्तर के भन्दा…

प्रदिप धमला गौरादह, ९ फागुन २०७८ । आगो र मानिसको बिचमा नजिकको सम्बन्ध रहेको छ । परापूर्वकालदेखी नै दैनिक जीवन यापन गर्ने क्रममा खाना बनाउने जस्तो तथा अन्य कुराहरु गर्न आगो अति आवश्यक वस्तु हो । पहिलेको समयमा विद्युतको अभाव भएको बेलामा पनि आगोको माध्यमबाट रातको समयमा एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्ने प्रचलन रहि आएको थियो । विभिन्न किसिमका युद्धहरुमा पनि आगोको माध्यमबाट मानिसले शत्रुहरुसँग विजय प्राप्त गरेका थिए । हालको एक्काईसौं शताब्दिसम्म आई पुग्दा पनि मानिहरुले आगोलाई विभिन्न…

प्रदिप धमला गौरादह, २ फागुन २०७८ । राष्ट्रिय राजनीतिमा चुनाव निकै चर्चित शब्द मानिन्छ । नेपालमा २०७९ सालको वैशाख ३० गते अधिराज्यभर एकै चरणमा स्थानीय तहको चुनाव हुने निश्चित भएको छ । गाउँघर देखि लिएर बजार हुँदै शहरसम्म चुनावी प्रचारप्रसार बढ्दै गएको छ । गाउँघरमा मानिसहरु भेला जम्मा भई चुनावी कुराहरु गर्न तथा उम्मेदवार कसलाई बनाउने भनेर भेला बैठक गर्ने कार्यक्रमहरु पनि बढ्दै गएका छन् । निर्वाचन आयोगको सल्लाह तथा समन्वयमा नेपाल सरकार मन्त्रिपरिषदले स्थानीय तहको निर्वाचन गर्ने मिति घोषणा…

प्रदिप धमला गौरादह, २४ माघ २०७८ । मानिसहरुको बीचमा सूचना वा जानकारी आदान प्रदान गर्ने कार्य नै संचार हो । भावना वा विचारलाई एक व्यक्तिबाट अर्को व्यक्तिसम्म पुर्‍याउने कला नै संचार हो । संचारले भन्न खोजेको कुरा अर्को व्यक्तिले बुझ्ने गरी प्रवाह गर्ने कार्यलाई जनाउँछ । एक व्यक्तिबाट अर्को व्यक्तिमा विचार वा बुझाईलाई सूचना वा सन्देशका रुपमा प्रेषित गर्ने प्रकृया नै संचार हो । दुई वा दुई भन्दा बढी व्यक्तिहरु बीच कुनै तथ्य धारणा विचार भावना आदिको आदान-प्रदान गर्ने कार्यलाई…

प्रदिप धमला गौरादह, १६ माघ २०७८ । कुनै पनि देशको भु-धरातलमा विद्यमान ताल, नदी, कुवा, भुमिगत जल आदिको समष्टिलाई जलसम्पदा भनिन्छ । जल सम्पदाले पृथ्वीको सतह र सतह भित्र पाईने जलको समष्टिगत स्वरुप भन्ने पनि बुझिन्छ । नेपाल जल सम्पदाको दृष्टिले विश्वकै दोस्रो र एसिया महादेशको पहिलो धनि राष्टको रुपमा चिनिन्छ । नेपालको कुल जलभण्डार क्षमता २ लाख २ हजार मिलियन क्युविक मिटर रहेको छ । उत्तर दक्षिण पहाडी ढालका कारण प्रायः दक्षिण तर्फ वग्ने झण्डै ६००० भन्दा वढी नदिनालाहरु…

प्रदिप धमला गौरादह, ११ पुष २०७८ । जनता, राष्ट र भूगोलबीचको पारस्परिक सम्बन्धको बारेमा अध्ययन गर्ने भूगोलको एक प्रशाखालाई राजनीतिक भूगोल भनिन्छ । भौगोलिक स्वरुपको आधारमा निर्धारण हुने राजनीतिक परिवेश वा देशको भूगोल अनुसार गरिने राजनीतिक विभाजनको बारेमा अध्ययन गर्ने मानव भूगोलको एक शाखाको रुपमा पनि राजनीतिक भूगोलको रुपमा लिईन्छ । देशको भौगोलिक अवस्थितिको आधारमा देशको सम्ष्टिगत विकास प्रकृयालाई समन्यायिक र सन्तुलित बनाउने उदेश्यका साथ राज्यलाई बहुमतमा विभाजन गर्ने कार्य राजनीतिक भूगोल अन्तर्गत पर्दछ । राजनीतिक भूगोलको विश्लेषणको लागि तीन…

प्रदिप धमला गौरादह, ६ पुस २०७८ । नेपाललाई भौगोलिक हिसावले हिमाल, पहाड र तराई गरी ३ भागमा विभाजन गरिएको छ । नेपाल पृथ्वीको उत्तर पूर्वी गोलार्द्बमा चीन र भारतको विचमा ईट आकारमा रहेको छ । यस देशको अक्षांश २६ डिग्री २२ मिनेट उत्तरी अक्षांश देखी ३० डिग्री २७ मिनेट उत्तरी अक्षांश सम्म फैलिएको छ भने ८० डिग्री ४ मिनेट ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको छ । नेपालको कुल क्षेत्रफल १,४७,१८१ वर्ग किलोमिटर अर्थात ५६,८२७ वर्ग माईल रहेको छ…