काठमाडौं, ६ जेठ २०८३ । विभिन्न आठ विश्वविद्यालयका उपकुलपतिका निम्ति २१८ जनाको आवेदन परेको छ । सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपतिका निम्ति आवेदन परेको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, त्रिविमा ५० जनाको आवेदन परेको छ ।
त्यस्तै, पूर्वाञ्चल विश्वविद्यालयमा ३८, पोखरा विश्वविद्यालयमा ३८, सुदूरपश्चिम विश्वविद्यालयमा १९ जनाको आवेदन परेको छ ।
त्यस्तै, मध्यपश्चिम विश्वविद्यालयमा २०, लुम्बिनी बौद्ध विश्वविद्यालयमा ११, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा १५ र राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिका निम्ति २७ जनाको आवेदन परेको छ ।
सरकारले गएको वैशाख २५ गते अनलाइन माध्यमबाट उपकुलपति पदका लागि आवेदन खुलाएको थियो ।






