हाम्रो बारेमा अनलाईन विचार डटकम समरुप मिडिया नेटवर्क प्रा.लि.द्वारा सञ्चालित अनलाइन पत्रिका हो । ‘समाज रुपान्तरणका लागि खोज पत्रकारिता’ भन्ने मुल नाराका साथ स्थापना भएको यस अनलाइनले भ्रष्टचार, अन्याय अत्याचार, लैंगिक हिंसा, समाजमा घटेका र लुकाएका घटनालाई अनलाईन विचारको खोजीको विषय बन्ने र नागरिकलाई सुसूचित गर्ने पहिलो प्राथमिकता हुनेछ । भने अर्थतन्त्रलाई समृद्ध बनाउन प्रयासरत रहनेछ । अनलाईन विचारले विविध विधाका समाचारहरु अनवरत रुपमा सम्प्रेषण गर्दछ । अनलाईन विचारले राजनीतिक, सामाजिक, आर्थिक, खेलकुद, मनोरञ्जन लगायतका विभिन्न विधामा समाजमा लुकेका खोजमूलक र रोचक कभर तथा फिचर रिपोर्ट प्रस्तुत गर्दछ । निष्पक्षता अनलाईन विचारको विशिष्ट पक्ष हो । अनलाईन विचारले समाचार र विज्ञापनको सन्तुलनलाई विशेष महत्व दिने गर्दछ ।


सम्पादकीय नीति

१. अनलाईन विचार टिम पत्रकार आचार संहिता र प्रचलित कानुन पालनामा प्रतिबद्ध छ ।

२. एक पटक प्रकाशित समाचार कानुनले निर्दिष्ट गरेको अवस्थामा बाहेक हटाइने छैन ।

३. गल्ती सच्याउन तत्परता देखाइने छ । समाचारबाट प्रभावित पक्षले पठाएको खण्डन प्रचलित प्रेस मान्यताका आधारमा प्रकाशित गर्नेरनगर्ने निर्णय गरिने छ ।

४. बाहिरी वेब लिंकसँगको जिम्मेवार सम्बन्धित वेबसाइट नै हुने छ ।

५. समाचार, विचार प्रकाशन गर्दा पक्षपात गरिँदैन । तर, तथ्यमा आधारित नभएका र पत्रकारिताको सिद्धान्त बिपरितका सामग्री प्रकाशन नगर्न अनलाईन विचार स्वतन्त्र छ ।

६. प्रकाशित विचार, विश्लेषण अनलाईन विचारका आधिकारिक धारणा नभई लेखक स्वंयममा निजी हुन् ।

७. ग्रामीण, पछाडि परेका समुदाय र स्थानीय प्रविधिलाई उच्च प्राथमिकता दिइने छ ।


प्रयोगका सर्त

१. स्वतन्त्र पूर्वक अभिव्यक्त प्रतिक्रिया बिना पक्षपात प्रकाशित गरिने छ । तर, पत्रकार आचारसंहिता र प्रचलित कानुन प्रतिकूल व्यक्त प्रतिक्रिया हटाइने छ ।

२. अनलाईन विचारको सम्पादकीय नीति अनुसार प्रतिक्रियाहरू सम्पादन गर्न सकिने छ ।

३. मुल सामग्रीको सन्दर्भसँग मेल नखाने प्रतिक्रिया हटाउन सकिने छ ।

४. पाठकले उपलब्ध गराएका गोप्य र निजी सूचना अरू कुनै पक्षलाई उपलब्ध गराइने छैन ।