काठमाडौं, ३ मंसिर २०८३ । चितवन राइनोजलाई तीन विकेटले हराउँदै सुदूरपश्चिम रोयल्सल नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा फाइनलमा प्रवेश गरेको छ ।
यो जितसँगै सुदूरपश्चिम लगातार तीन सिजन फाइनल प्रवेश गर्ने पहिलो टोली बन्यो । टोलीले यसअघिका दुई सिजनमा फाइनल पुग्दा उपविजेतामा सीमित भएको थियो ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा चितवनले प्रस्तुत गरेको १३४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले सात विकेट गुमाएर पूरा गर्यो ।






