Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

काठमाडौं, ३ मंसिर २०८३ । बिचौलिया इनम सापकोटासहित तीन जनाविरुद्ध सात दिन म्याद थप भएको छ । काठमाडौं जिल्ला अदालतले सापकोटासहित नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ र लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दानबहादुर थापाले अदालतले ७ दिन म्याद थप गरेको पुष्टि गरे ।

उनीहरुविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिरहेको छ । १४ असोजमा प्रहरीले सापकोटालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो । उनीमाथि अनुसन्धान गर्दा भट्ट र श्रेष्ठको कनेक्शन देखिएपछि उनीहरू पनि पक्राउ परेका हुन् ।

 

तपाईको प्रतिक्रिया