दाङ, ३ मंसिर २०८३ । दाङको लमही नगरपालिका–९, शिवखोलास्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन्।
बिहीबार बिहान करिब ८स्३० बजे लुम्बिनी भ्रमण सकेर बुटवलबाट बाँकेको कोहलपुरतर्फ फर्कँदै गरेको भे १ ख ३१३० नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो। बसमा चालक र सहचालकसहित ५३ जना सवार रहेका थिए।
दुर्घटनामा घाइते भएका २२ जनाको बाँकेस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा उपचार भइरहेको छ। अन्य ३१ जना यात्रुको अवस्था सामान्य रहेकाले उनीहरूलाई अर्को सवारी साधनको व्यवस्था गरी गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरूको विवरण :
बाँके, बैजनाथ गाउँपालिका–५ (जि गाउँ) निवासी
१. पूर्णिमा थापा (२० वर्ष)
२. अनिषा सुनार (२१ वर्ष)
बर्दिया, बाँसगढी नगरपालिका–३ निवासी
३. जीवन सुनार (१९ वर्ष)
४. सन्दीप सुनार (२० वर्ष)
५. सन्ध्या सुनार (१८ वर्ष)
६. निरुता सुनार (१८ वर्ष)
७. प्रज्ञा सुनार (११ वर्ष)
८. आकृति सुनार (१६ वर्ष)
९. हरिकृष्ण नेपाली (१९ वर्ष)
१०. मनिषा सुनार (१६ वर्ष)
११. पूजा सुनार (१८ वर्ष)
१२. गुञ्जन सुनार (१३ वर्ष, दीपक सुनारकी छोरी)
१३. पुष्पा सुनार (१६ वर्ष)
१४. करण सुनार (२२ वर्ष)
१५. अर्जुन सुनार (१७ वर्ष)
१६. आदित्य थापा (१७ वर्ष)
१७. विश्वास सुनार (१८ वर्ष)
१८. प्रिया सुनार (१६ वर्ष)
१९. वसन्त विक (१६ वर्ष)
२०. विश्वास सुनार (१९ वर्ष)
२१. हिमाल सुनार (२१ वर्ष)
२२. आकृति विक (१७ वर्ष)
प्रहरीका अनुसार घाइते सबैको अवस्था सामान्य रहेको छ। दुर्घटनालगत्तै प्रहरीले बससहित चालक र सहचालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ।






