Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

काठमाडौं, ३ मंसिर २०८३ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले राष्ट्रिय भेलाबाट अनुमोदन भएको आगामी कार्यभार र संकल्पलाई कार्यान्वयन गराउने निर्णय गरेको छ ।

बिहीबार राष्ट्रिय भेलालगतै बसेको बैठकले भेलाबाट अनुमोदन भएको मुख्य दुई कार्यभार र १५ कामलाई केन्द्रीय कमिटीका सदस्यहरूमार्फत प्रभावकारी ढंगले कार्यान्वयन गराउने निर्णय गरेको एमाले सचिव महेश बस्नेतले जानकारी दिए ।

बैठकले मंसिर २६ गते आयोजना हुने वडा अधिवेशन र पुसको ४ गते तय भएको पालिका तहको अधिवेशनलाई व्यवस्थित गर्न निर्देशन दिइएको उनले बताए ।

उनले जुनसुकै बेला पनि पार्टीले आन्दोलन घोषणा गर्न सक्ने भएकाले सोहीअनुसार तयारी अवस्थामा रहन निर्देशन दिइएको जानकारी दिए ।

त्यसअघि बिहीबार नै सम्पन्न राष्ट्रिय भेलाले २१ बुँदे समसामयिक विशेष प्रस्ताव र संकल्प पारित गरेको थियो ।

 

 

तपाईको प्रतिक्रिया