Online Bichar
बिहिबार, भाद्र ०४, २०८३ | Thursday, August 20, 2026

झगेन्द्र खड्का
गौरीगंज, ७ जेठ । कोरोना भाइरस संक्रमणका कारण निषेधाज्ञा जारी गरिदा समस्यामा परेका बिपन्न परिवारलाई गौरीगंज गाउँपालिका वडा नं-३ ले खाद्यान्न बितरण गर्ने भएको छ।

वडा भित्र रहेका अति बिपन्न १५० घरपरिवारलाई राहात स्वरूप खाद्यान्न सामाग्री बितरण गर्न लागिएको वडा नं-३ का वडाध्यक्ष मखना महत्तोले जानकारी गराए।

वडाले बितरण गर्ने खाद्यान्न सामाग्री घरको परिवार संख्या हेरेर बितरण गरिने वडाध्यक्ष महत्तो बताए।खाद्यान्न बितरणमा सहजताका लागि सर्वदलीय बैठक बसेको थियो।

अध्यक्ष महतोको अध्यक्षतामा उद्योग वाणिज्य संघका प्रतिनिधि सहति बसेको सर्वदलयीय वैठकले राहत पाउने अति विपन्न परिवारको नामावली संकलन गर्न सर्वदलीय समिति समेत गठन गरेको छ।वडाध्यक्ष महतोको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको हो।

राहात सामाग्री ब्यवस्थापन समितिमा गंगा राजवंशी, श्रवण गिरी, यादव रिजाल, निलहरी काफ्ले, राजेन्द्र कार्की लगायत छन् । समितिले पहिले राहत पाउने विपन्न परिवारहरुको नाम संकलन गर्ने र संकलित नामावली अनुसार बिपन्न परिवारको घर घरमै खाद्यान्न सामाग्री पुर्याउने वडाध्यक्ष महतोले जानकारी गराए।

वैठकमा सहभागीहरुले आफ्नो वा अर्काको नभनी निष्पक्ष रुपमा वास्तविक विपन्न परिवारको पहिचान गरि नामावली संकलन गर्नु पर्नेमा जोड दिएका थिए। कोरोना भाइरस संक्रमणका कारण प्रत्यक्ष मारमा परेका चार जान सम्मको विपन्न परिवारलाई १० केजी चामल, १ केजी नुन, १ केजी दाल, १ लिटर तेल, ६ जना सम्मको परिवारलाई १५ केजी चामल, २ केजी दाल, २ केजी नुन, २लिटर तेल र ८ जना सम्मको परिवारलाई २० केजी चामल, २ केजी दाल, २ केजी नुन र २ लिटर तेल वितरण गरिने वडा सदस्य हेमा आचार्यले जानकारी गराइन।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments