काठमाडौं, १० भदौ २०८३ । रसुवाको टिमुरेस्थित भन्सार कार्यालय पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । बुधबार बिहान तिब्बतबाट आएको बाढीले उक्त क्षेत्रमा अवस्थित भन्सार कार्यालय बगाएको भन्सार विभागका महानिर्देशक यमलाल भूसालले बताए ।
महानिर्देशक भूसालले भीषण बाढीले पुर्याएको क्षतिको प्रारम्भिक जानकारी दिँदै उनले रसुवा भन्सार कार्यालयमा कुल ३७ जनाको दरबन्दी रहेकोमा हालसम्म १७ जना कर्मचारीहरू मात्र सम्पर्कमा आएको जनाए ।
“बाढीले धन–सम्पत्तिको ठूलो क्षति गरेको छ । सम्पर्कविहिन बाँकी कर्मचारीहरूसँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको र फोन सम्पर्कका माध्यमबाट वस्तुस्थिति बुझ्ने प्रक्रिया जारी रहेकाले अझै स्पष्ट आउन बाँकी छ,”उनले भने ।
महानिर्देशक भुसालकाअनुसार अहिलेको मुख्य प्राथमिकता कर्मचारीहरूको सुरक्षा र वास्तविक क्षतिको विवरण संकलन गर्नु रहेको छ ।
प्रारम्भिक रिपोर्ट अनुसार बाढीले त्यहाँका ठूला–ठूला पुलहरू समेत बगाएको यनले जनाए । हालै मर्मत गरिएका संरचनाहरू र अन्य भौतिक सम्पत्तिको क्षतिको यकिन विवरण अहिले नै भन्न सक्ने अवस्था नरहेको उनले बताए ।






