Online Bichar
बुधबार, भाद्र १०, २०८३ | Wednesday, August 26, 2026

झापा, ९ भदौ २०८३ । अवैध रुपमा नेपाल प्रवेश गर्न खोज्ने दुईजना बंगलादेशी युवक पूर्वी नाकामा पक्राउ परेका छन् ।

नेपाल छिर्न खोज्ने दुई बंगलादेशी युवाहरु मोहम्मद रफी र मोहम्मद जुविनलाई गएराति भारत पानीटंकीतर्फको चेकपोष्टमा पक्राउ गरिएको हो । ती बंगलादेशी नागरिकलाई थप अनुसन्धानका लागि खोरीबारी थानामा बुझाइएको छ ।

त्यसको अघिल्लो दिन पूर्वी नाका हुँदै नेपाल प्रवेश गर्न खोज्दा एक अफ्‌गानी नागरिक पक्राउ परेका थिए ।

 

तपाईको प्रतिक्रिया