जेबि खड्का
गौरादह, १ भदौ २०८३ । झापाको गौरादह नगरपालिका वडा नं.८ मा रहेको श्री प्रगति माध्यमिक बिद्यालयका बिद्यार्थीहरुलाई श्री राष्ट्रिय सेवा दल तालिमको पुर्बी तालिम शिक्षालय याङसिला मोरङबाट निरिक्षण गरिएको छ। पुर्बी तालिम शिक्षालयका शिक्षा अधिकृत प्रमुख सेनानी सुरेश कुमार श्रेष्ठको नेतृत्वमा आएको टोलीले अनुगमन तथा निरिक्षण गरेको हो।
झापाको प्रगति मा.बि. सहित ९ वटा बिद्यालयका बिद्यार्थीहरुलाई राष्ट्रिय सेवा दलको तालिम दिइदै आएको छ। सेवा दलले ७९ दिन बिद्यालयमा र २१ दिन सामुहिक कार्य गरेर १०० दिन यस प्रकारको तालिम दिने प्रगति मा.बि. तालिम प्रशिक्षक हुदाँ शिव थापा मगरले जानकारी गराएका छन। प्रगति माध्यमिक बिद्यालयका १५ जना छात्रा र १५ जना छात्र सहित जम्मा ३० जनाले तालिम लिइरहेका छन।
असार १ गतेबाट संचालन गरिएको तालिममा युवा समुदयमा अनुशासन, इमानदारीता, जवाफदेहीता, बफदारीता, नेतृत्व क्षमताको बिकास, बिपद ब्यबस्थापन , उद्दार कार्य र राष्ट्रिय एकताको भावना जागृत गराउने उदेश्यले बिद्यालयमा तालिम संचालन गरिएको प्रमुख सेनानी सुरेश कुमार श्रेष्ठले बताएका थिए। राष्ट्र निर्माणको मुल आधार नै अनुशासन भएकाले यसको बिकाश गर्दै असल नागरिक निर्माण गर्न बिद्यालयमा बिद्यार्थीहरुलाई तालिम आयोजना गरिएको सेनानी श्रेष्ठले जानकारी गराएका थिए। निरिक्षणका क्रममा सेनानी श्रेष्ठले अभिभावकहरु सँगको अन्तर्किया कार्यक्रममा अभिभावकहरुले राखेका जिज्ञासाको जवाफ दिएका थिए।
प्रगति माध्यमिक बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष महाबिर राजवंशीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा वडा नं.८ का वडाध्यक्ष गणेश कुमार राजवंशी, बिद्यालयका प्रधानाध्यापक चिरञ्जीवी पाण्डे, शिक्षक अभिभावक संघका अध्यक्ष कमल तामाङ लगायतले मन्तब्य सहित जिज्ञासा राखेका थिए। बिद्यालयका शिक्षक पदम बहादुर दाहादले स्वागत सहित कार्यक्रम संचालन गरेका थिए। प्रगति मा.बि. मा सेवा दल तालिमको २१ बाहिनी अन्तर्गत श्री अरिदमन गण चारआलीका गणपति प्रमुख सेनानी सरोज थापाको नेतृत्वमा आएको टोलीले आईतवार निरिक्षण गरेको थियो।







