काठमाडौं, १ भदौ २०८३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद् बैठकमा उपस्थित हुन नसक्ने वा भएर पनि बाहिरिनुपर्ने भए सांसदले फारम भन्नुपर्ने व्यवस्था गरेको छ ।
बैठकलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले अनुपस्थिति फारम भर्ने व्यवस्था गरिएको प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
उनका अनुसार, संसद् बैठकमा पूरै उपस्थित हुन नसक्ने, बैठकमा ३० मिनेटभन्दा ढिलो उपस्थित हुने, उपस्थित भएर बैठक बीचमा छाड्नुपर्ने र बैठकको बीचमा बाहिर गएर फर्किनुपर्ने अवस्थामा फारम भर्नुपर्नेछ ।
त्यो निर्देशन सांसदहरूलाई पठाइएको उनले बताए । सदनमा कोरम पुग्न छाडेपछि रास्वपाले सांसदको उपस्थितिमा कडाइ गर्न लागेको हो ।






