Online Bichar
शुक्रबार, आश्विन २३, २०८३ | Friday, October 9, 2026

काठमाडौं, २३ असोज २०८३ । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजबिक्रम नेम्वाङ र महासचिव किरण राईलाई पक्राउ गर्न ललितपुर जिल्ला अदालतले आदेश दिएको छ।

जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईविरुद्द पक्राउ पुर्जी जारी गर्न आदेश दिएको ललितपुर अदालतका सूचना अधिकारी टिकाध्वज कार्कीले जानकारी दिए।

सोही इजलासले पक्राउ परेका कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई धरौटीमा छोड्न आदेश दिएको हो । कोषाध्यक्ष रविन्द्रलाई १५ लाख र लेखा अधिकृत पाण्डेलाई १२ लाख धरौटीमा छाड्न दियो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले केही दिनअघि रविन्द्र र पाण्डेलाई पक्राउ गरेको थियो। सीआईबीको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले अध्यक्ष नेम्वाङ र महासचिव राईसहित ४ जनालाई प्रतिवादी बनाउदै बिहीबार जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको थियो।

 

तपाईको प्रतिक्रिया