Online Bichar
आइतबार, आषाढ २१, २०८३ | Sunday, July 5, 2026

जेबि खड्का

गौरादह, २१ असार २०८३ । बर्षाको समयमा किसानहरुलाई खेती गर्न रासायनिक मलको हाहाकार मच्चिएको छ। रासायनिक मल युरीया र डिएपी लगायतका मल नपाएपछि किसानहरु निराश भएका छन।

किसानले मानो खाएर मुरी उब्जाउने समयमा रासायनिक मलको अभावमा सहकारी संस्थाको गेटमा लाईन बस्न बाध्य भएका छन।रासायनिक मल कहिले आउँछ भनेर सोधखोज गर्ने किसानको लर्को लाग्ने गरेको छ।

गौरादह नगरपालिकाको जमिनलाई उर्भर भुमीका रुपमा चिनिन्छ। यहाका अधिकांश किसानहरुको मुख्य पेशा खेती हो। किसानहरुलाई खेती गर्न मलखाद, किटनासक औषधी आवस्यक पर्दछ तर किसानहरुले समयमा मल पाउन सकिरहेका छैनन् । मल बितरण गर्ने सहकारी संस्थाहरुमा मल आएको थाहापाउन साथ उज्यालो नभई बिहानै देखि किसानहरु लाइन बस्ने गरेका छन। खेतीका लागि रासायनिक मलको सालैपिच्छे अभाव हुनेगरेको र मल अभावका कारण किसानले हैरानी बेहोर्नुका साथै उत्पादन समेत घटेको गौरादह -२ का किसान प्रेम बहादुर बस्नेत बताउँछन् । रासायनिक मलको अभाव खड्किरहने होभने किसानहरु कृषि पेसाबाट पलायन हुन सक्ने किसान बस्नेत बताउँछन् । किसानहरुका लागि राज्यले समयमा रासायनिक मल दिन नसक्ने हो भने खेतीको बिकल्प दिनुपर्ने गौरादह-२ का किसान कृष्ण कुमारी बस्नेत बताउँछिन् । रासायनिक मल समयमा पाएर उत्पादित बालीले उचित मूल्य पाएमा कृषि पेशा आकर्षक पेशाका रुपमा स्थापित हुने किसानहरु बताउँछन् ।

किसानहलाई कृषि पेशाबाट निरुत्साहित नबनाई आकर्षित बनाउन नगरपालिका माताहातको कृषि शाखाको पहलमा आएको मललाई सकेसम्म छिटो ल्याएर बितरण गर्ने गरेको न्यु पब्लिक कृषि सहकारी संस्थाका ब्यबस्थापक सोभित कार्की बताउँछन् । किसानहरुका लागि कृषि सहकारी उत्तरदायी रहेको र समय अनुसार रासायनिक मल पाए सम्म ल्याएर बितरण गर्ने गरेको ब्यबस्थापक कार्की बताउँछन् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया