Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा , माघ ८ । बिहानी कला केन्द्रले आज आफनो २१औं वार्षिकोत्सव आज झापाको दमकमा सम्पन्न गरेको छ । कला केन्द्रले श्रीपञ्चमी ÷सरस्वती पूजाको अवसरमा वार्षिकोत्सव सम्पन्न गरेको हो ।

वार्षिकोत्सव तथा साँगीतिक कार्यक्रमका प्रमुख अतिथि लोक गायक एलपी जोशीले कला केन्द्रको तर्फबाट पत्रकार गोपाल झापाली गुरागाईलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

पूर्व सन्देश दैनिक र हिमशिखर टेलिभिजन दमकमा आवद्ध पत्रकार झापालीले पत्रकारिताको माध्यमबाट गीत संगीत क्षेत्रमा पुराएको योगदानको कदर गरी सम्मान गरेको आयोजकले बताए । सम्मानित पत्रकार झापालीले आफूले पाएको सम्मानले थप जिम्मेवारी प्रदान गरेको महसुस भएको बताए । प्रमुख अतिथि लोकगायक जोशीले गीत संगीत क्षेत्रले समाजको भोगाइ र यथार्थ कुरा प्रस्तुत गरे मात्र लोकप्रियता कायम रहने बताए ।

केन्द्रकी अध्यक्ष यशोदा शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा जनवादी गायक तथा संगीतकार विशाल राई, स्रष्टाहरु शिव प्रणत रेग्मी, धनकुटे कान्छा र गायक हेमन्त रिजालले गीत संगीतलाई आम नेपालीले माया गर्नुृ पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा केन्द्रका बिधार्थीहरु र स्थानिय कलाकारले सांगीतिक प्रस्तुती साथै सामुहिक रुपमा राग प्रस्तुत गरेको प्रशिक्षक कमला खनाल रिजालले बताइन् ।

तपाईको प्रतिक्रिया