Online Bichar
शनिबार, कार्तिक ०१, २०८३ | Saturday, October 17, 2026

जेबि खड्का 

गौरादह, ३० असोज २०८३ । कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कुमार कार्कीले जनताको योगदान नै बिकास निर्माणको मुख्य आधारसिला रहेको बताएका छन। गौरादह नगरपालिका वडा नं. १ ले आयोजना गरेको भुमिदाता सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले गौरादहको बिकास र समृद्ध गौरादह निर्माणमा नगरबासिले गरेको भुमिदानको उच्च मुल्यांकन गरेका थिए।

गौरादह नगरबासिले दान गरेको भुमिमा  संघिय, प्रदेश र स्थानीय सरकारले बजेटको ब्यबस्थापन गरि नागरिकका लागि आवश्यक पर्ने संरचना निर्माण गरेको धारणा राखेका थिए। कोशी प्रदेशका सभामुख अम्बर बहादुर बिष्टले जसको पहलमा बजेट आएपनि बिकास निर्माण कार्यमा एकजुट हुन सबै नागरिकहरुलाई आग्रह गरेका थिए। गौरादह नगरपालिकाका पुर्ब मेयर रोहित कुमार शाहले क्रमिक रुपमा गौरादह नगरपालिका बिकास निर्माणकार्यमा फड्को मारिरहेको अवस्थामा यातायात ब्यबस्था कार्यलय गौरादहमा ल्याउन आवश्यक पहल गर्न  मुख्य मन्त्री र सभामुख समक्ष माग राखेका थिए।

गौरादह बजारको दुर्गा मन्दिर परिसरमा आयोजना गरिएको कार्यक्रममा गौरादह नगरपालिका वडा नं.१ भित्र रहेका ७६ जनालाई सम्मान गरिएको थियो। बिगत बर्षदेखि हाल सम्म वडा नं.१ भित्र सार्वजनिक सम्पत्ति निर्माण गर्न जग्गा दान गर्नुहने वडा बासिहरुलाई वडा स्थानीय सरकारले सम्मान गरेको हो। वडा भित्र निर्माण भएका नगर अस्पताल, घाट, मठ मन्दिर, सांस्कृतिक भवन, बिद्यालय, रेडक्रस , संघ संस्था, कृषि तथा पशु शाखा लगायतका सार्वजनिक भवन निर्माणका लागि जग्गा दान गर्ने ब्याक्तित्वहरुलाई बिशेष कार्यक्रमको आयोजना गरि सम्मान गरिएको वडा नं.१ का वडाध्यक्ष नगेन्द्र भण्डारीले बताएका छन।

सम्मान कार्यक्रममा पत्रकार समेत रहेका सान नेपालले जग्गा दान गर्ने दाताहरुको हौसला बढाउन दानबिर नामक कबिता बाचन गरेका थिए। सम्मान कार्यक्रममा बिद्यालयका बिद्यार्थी र मन्दिर ब्यबस्थापन समितिका तर्फबाट तयार गरिएका नृत्य प्रदर्शन गरिएका थिए। गौरादह नगरपालिका वडा नं.१ का वडाध्यक्ष नगेन्द्र भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गौरादह नगरपालिकाका मेयर छत्रपती सुवेदी, जग्गादाताका तर्फबाट नारायण प्रसाद घिमिरे लगायतले शुभकामना मन्तब्य राखेका थिए। वडा नं.१ का वडा सदस्य केशर बहादुर खवासले स्वागत मन्तब्य राखेको कार्यक्रममा दिपक सुवेदीले कार्यक्रम संचालन गरेका थिए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया