Online Bichar
शनिबार, कार्तिक ०१, २०८३ | Saturday, October 17, 2026

काठमाडौं, ३० असोज २०८३ । दसैँअघिको कारोबार दिन नेप्से बढेर बन्द भएको छ । शुक्रबार नेप्से ८.२३ अंकले बढेर २६३४.१७ अंकमा बन्द भएको हो ।

यो दिन लगानीकर्ताले चार अर्ब ८८ करोडको कारोबार गरेका छन् । कारोबारमा आएका ३४८ कम्पनीमध्ये १७४ वटाको मूल्य बढेको छ । ९१ कम्पनीको मूल्य घटेका घट्दा १२ वटाको स्थिर रह्यो ।

यस दिन सबैभन्दा धेरै कमाउनेमा चिरख्वा हाइड्रोवापर रहेको छ । यस कम्पनीको सेयर मूल्य १४.८२ प्रतिशतको बढेको छ ।

यस्तै, गुमाउनेमा भने आज हिमालयन एभरेष्ट इन्स्योरेन्स छ । यस कम्पनीको मूल्य ४.९८ प्रतिशतले घटेको छ ।

तपाईको प्रतिक्रिया