Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

डण्डिराज घिमिरे “बिबेक”


जलमा धनी
उच्व सगरमाथा
सारा गरिब ।


रुझेको आँखा
चोइटिएको चित्त
मृत्यु पो जित्यो ।


अंधेरी भित्र
जुनकिरी चिराग
शिखर ताक्छ ।


आशाको मन
भरोसाको भित्तामा
छियाछिया भो ।


हर्षका ओठ
उत्साहका पाइला
पर्खाई भित्र ।


सलाइ काँटी
ओसिएको बारुद
झिल्को रोज्दैछ ।


इन्द्रेणी मार्ग
सफलता र जीत
क्षितिज पारी ।

तपाईको प्रतिक्रिया