Online Bichar
आइतबार, साउन ३१, २०८३ | Sunday, August 16, 2026

काठमाडौं, ३१ साउन २०८३ । चर्चित गायिका रचना रिमालको सांगीतिक यात्रा विद्यालय स्तरको पाठ्यक्रममा समेटिएको छ ।

झापाको भद्रपुर नगरपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रमअन्तर्गत कक्षा ४ को ‘भद्रपुर सेरोफेरो’ नामक पुस्तकमा गायिका रिमालको जीवनी र सांगीतिक सफलतालाई पाठ्यसामग्रीका रूपमा समावेश गरिएको हो ।

पुस्तकको ‘पाठ २ः रचना रिमाल’ शीर्षकमा शिक्षक र विद्यार्थीबीचको संवाद शैलीमा उनको जीवन, सांगीतिक यात्रा, र सफलताको कथा प्रस्तुत गरिएको छ ।

पाठ्यपुस्तकमा उनको जन्मदेखि सांगीतिक जीवनमा हासिल गरेका उपलब्धीलाई सरल भाषामा समेटिएका छन् । पाठ्यक्रममा आफ्नो यात्रा समेटिएको उनले खुसी व्यक्त गरेकी छिन् । “आफ्नै माटोको यो सम्मान मेरो लागि अमूल्य छ । जुन ठाउँमा म हुर्किएँ, जुन माटोमा मैले सपना देखेँ, जसले मेरा सपनाहरूलाई आकार दियो, आज त्यही भद्रपुरमा मेरो सांगीतिक यात्राको एउटा अध्याय बनेर नयाँ पुस्ताले पढ्ने कक्षा ४ को पाठ्यक्रममा समेटिएको देख्दा मन असाध्यै भावुक भएको छ,ुु उनले भनिन् ।

यो विषय आफू हुर्किएको स्थानले दिएको अमूल्य सम्मान रहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया