Online Bichar
बुधबार, मंसिर ०३, २०८३ | Wednesday, November 18, 2026

काठमाडौं, २ मंसिर २०८३ । चितवन राइनोजका ओपनर कमिल मिसराले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको इलिमिनेटरमा काठमाण्डू गोर्खाजविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

बुधबार कीर्तिपुरपस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ राजेको चितवनका ओपनर कमिलले काठमाण्डूविरुद्ध ३२ बलमा ५० रन पूरा गरेका हुन् ।

एनपीएलमा उनको यो पहिलो अर्धशतक हो । योसँगै उनी जारी सिजन अर्धशतक प्रहार गर्ने १९औँ ब्याटर बनेका छन् । त्यसैगरी, उनको अर्धशतक जारी सिजनको २२औँ अर्धशतक बन्यो ।

खेलमा उनले अर्धशतक प्रहार गर्नेक्रममा दुई चौका र तीन छक्का प्रहार गरे । उनले अर्धशतकका लागि कप्तान रवि बोपारासँग तेस्रो विकेटको निम्ति ७९ रनको अर्धशतकीय साझेदारी गरेका छन् ।

जारी खेलमा कमिलको अर्धशतकमा चितवनले काठमाण्डूविरुद्ध १३ ओभरको समाप्तीमा दुई विकेट गुमाएर १०१ रन बनाएको छ ।

तपाईको प्रतिक्रिया