Online Bichar
बुधबार, मंसिर ०३, २०८३ | Wednesday, November 18, 2026

झापा, २ मंसिर २०८३ । झापामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

शिवसताक्षी नगरपालिका-४, विश्वडुब्बाका २५ वर्षीय बनेश्वर सोरेनलाई उक्त आरोपमा बुधबार बिहान पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बनेश्वरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय शिवगञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिइएको छ ।

तपाईको प्रतिक्रिया