पोखरा, २ मंसिर २०८३ । पोखरा महानगरपालिका–१६, घार्मीस्थित अन्नपूर्ण आत्मनिर्भर बाल आश्रममा बुधबार दिउँसो आगलागी हुँदा दुईवटा भवनको माथिल्लो तला जलेर पूर्ण रूपमा नष्ट भएको छ ।
आगलागीबाट अन्नपात तथा फर्निचरका सामान जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।
विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रहरी, दमकल र स्थानीयको सहयोगमा साँझ ५स्३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आश्रममा इँटा र बाँसले बनेका, टिन र मार्बलको छाना भएका दुईतले दुईवटा भवन रहेका थिए । स्थानीयका अनुसार आगलागीबाट करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।






