Online Bichar
सोमबार, आश्विन १९, २०८३ | Monday, October 5, 2026
क्या !
दाइ पनि रेला गर्नु हुन्छ
सामान्य चोकमा बसेर
खुकुरी चलाउनेलाई डन भनिदिनु हुन्छ
साँच्चै डनहरु जेल पर्दैनन् दाजु !
साँच्चिका डनहरु त
राजनीति भन्दा माथि उठेका छन्
कानुन किनेका छन्
न्याय किनेका छन्
किर्ते नागरिकता बोकेर
पैसाको खालमा सुत्छन्
तपाईंले त जाबो खुकुरी खेलाउनेलाई
डन भनिदिनु भो ?
दाई पनि रेला गर्नु हुन्छ ।
यहाँ वास्तविक डनहरु
खुकुरी खेलाउँदैनन्
बरु,
प्रधान मन्त्री खेलाउँन्
न्यायधिकारी खेलाउँछन्
देशको अर्थतन्त्र खेलाउँछन्
यताको सडक उता खेलाउँछन्
उताको पुल यता खेलाउँछन्
खेलाउँदा खेलाउँदै
हाइड्रो पावर झ्वाम पार्छन्
आयल निगम झ्वाम पार्छन्
राज्यको उद्योग झ्वाम पार्छन्
त्यसैले दाइ !
तपाईं पनि रेला गर्नुहुन्छ
कुरै नबुझी
सामान्य खुकुरी चलाउनेलाई
डन भनिदिनु हुन्छ ।
तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments