Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

समलैंगिक यौनसम्बन्ध भन्नाले उस्तै लिंगका दुई व्यक्तिबीच स्थापित यौनसम्बन्ध हो । यो कुनै रोग होइन । यसलाई सन् १९७५ मै विश्व स्वास्थ्य संगठनले स्वीकार गरेर घोषणा गरिसकेको छ । समलिंगी यौनसम्बन्ध एउटा प्रवृत्ति हो, जुन अल्पसंख्यक व्यक्तिमा हुन्छ । यो जिनको प्रभावबाट हुन्छ भन्ने तथ्य पनि वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएका छन् ।

सामान्यतया समलिंगी यौनसम्बन्ध दुई किसिमका हुन्छन्– मनोवैज्ञानिक वा जन्मजात् र व्यावहारिक वा पछि सिकेर । मनोवैज्ञानिक वा जन्मजात समलिंगीहरू शारीरिक रूपमा पुरुष वा स्त्रीजस्ता देखिए पनि भावनात्मक वा मनोवैज्ञानिक रूपमा ठीक उल्टो आचरण गर्छन् । यसको जिनेटिक कारण हुन्छ । उनीहरू आफ्नै लिंगीका मान्छेसँग यौनमात्र होइन, भावनात्मक रूपमा पनि आकर्षित हुन्छन् । समाज वा परिवारबाट उनीहरूलाई जतिसुकै यो प्रवृत्तिबाट मुक्त हुन दबाब आए पनि यसबाट मुक्त हुन सक्दैनन् । उनीहरू आफ्नो इच्छा वा रहरले यस्तो भएका पनि हुँदैनन् । अर्को अर्थमा उनीहरूको सृष्टि नै यसै रूपमा भएको हुन्छ ।

व्यावहारिक वा पछि सिकेर समलिंगी यौनसम्पर्क राख्नेहरू संगतले वा रहरले पनि हुन्छन् । उनीहरू समलिंगी सम्पर्क सँगसँगै विपरीत लिंगीसँग समेत आचरण गरेर समलिंगी र दाम्पत्य दोहोरो जीवन बिताउन सक्षम हुन्छन् । उनीहरू यथार्थमा समलिंगी नै होइनन् । जो यर्थाथमा समलिंगी हुन्छन्, उनीहरूले त्यसै रूपमा बाँच्न पाउनुपर्छ । उनीहरू अल्पसंख्यक यौनव्यवहार गर्ने व्यक्ति हुन् । विचलित वा रोगी होइनन् भन्ने तथ्य हाल विश्वव्यापी रूपमा स्वीकार भइरहेको छ । दक्षिण अफ्रिका, क्यानडा र अमेरिकाका केही प्रान्तमा तथा स्क्यान्डिनेभियाली देशहरूमा यस्ता व्यक्तिलाई विवाह गर्ने कानुनी अधिकार पनि प्राप्त छ या हुने क्रममा छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

यस्तो व्यवहारलाई अल्पसंख्यक यौनव्यवहार मानेर अपराध र रोगको श्रेणीमा नलिने कुरा त आधुनिक विश्वमा सर्वस्वीकृत भइसकेको छ । म २५ वर्षीया विवाहिता हुँ । हाम्रो बिहे भएको दुई वर्ष भयो । श्रीमान् समझदार हुनुहुन्छ । सेक्सको बेला हामी विभिन्न आसन प्रयोग गर्छौं । तर, मलाई चरमसुख प्राप्त हुँदैन । के नपुगेको, के नपुगेको जस्तो हुन्छ । किन होला ? अनि चरमोत्कर्ष के हो ? महिलाले सजिलै चरमसुख पाउँदैनन् भनिन्छ नि ?

यौनसम्पर्कको बेला विभिन्न आसनका प्रयोगले पुरुष र महिला दुवैलाई नयाँपन महसुस गराउनुका साथै यौनांगका विभिन्न संवेदनशील भागहरूका बीचमा घर्षण हुने मौका पनि प्राप्त हुन्छ । चरमसुख प्राप्त आसनको परिर्वतन महŒवपूर्ण माध्यम हुन सक्छ ।

चरमसुखको बेला पुरुषको जस्तो महिलामा वीर्य वा अन्य कुनै पदार्थ स्खलन हुँदैन । केही महिलामा योनीको भित्तामा रहेका ग्रन्थीहरूबाट पानीजस्तो कीटाणुरहित र सङ्लो पानीजस्तो पर्दाथ भने निस्कन सक्छ । यद्यपि, सबै महिलामा यस्तो हुँदैन ।

महिलाहरूको चरमसुखको बेलामा योनी र पाठेघरलगायत यौन संवेदनशील अंग, जस्तो स्तन आदिमा रक्तसञ्चालन अत्यधिक मात्रामा बढ्दछ, जसले गर्दा योनीमार्ग बेलुन जस्तो भएर फुल्दछ र पाठेघरको मुख हात्तीले सुँढ ठाडो पारे जस्तो गरी उठ्दछ । योनीमार्गमा चिप्लो तरल पदार्थ निस्कन्छ । यी परिवर्तनले उत्तेजित लिंग ग्रहण र घर्षण गर्न सहज अवस्था सिर्जना गर्छन् ।

चरमोत्कर्षको बेलामा महिलाको शरीरमा अकल्पनीय आनन्द पैदा हुन्छ, जसले गर्दा शरीरका मांसपेशी कडा भएर सन्तुष्टि प्राप्त भइसकेपछि खुकुलो हुने प्रक्रिया दुईतीन पटक पैदा हुन सक्छ । पुरुष चरमोत्कर्ष एउटै बसाइमा एक पटकभन्दा बढी हुन सक्दैन । दुइटा चरमोत्कर्षको बीचमा एउटा शून्य समय हुनैपर्छ । यो पुरुषपिच्छे फरक र लामो वा छोटो हुन सक्छ ।

महिलामा भने एउटै बसाइमा यौन उत्तेजना पैदा गर्ने स्थिति कायम रहेमा पटक–पटक चरमसुख प्राप्त हुन सक्छ । यो पुरुष र स्त्रीको चरमसुखबीचको अर्को महत्वपूर्ण अन्तर हो । इन्द्रियको माध्यमबाट अनुभूति हुने चरमसुख वा चरमोत्कर्ष मस्तिष्क र मनले महसुुस गर्ने कुरा हो । त्यसैले एकाग्रता र मानसिक शान्ति नभए, कुनै पनि किसिमको डर असहजपन वा जटिल ग्रन्थीका कारण तपाईंजस्ता अन्य स्त्रीले चरमोत्कर्ष महसुस गर्न सक्दैनन् ।

यौनसाथीसँगको सम्बन्धमा कुनै जटिलता वा अस्पष्टता छ भने पनि स्त्रीहरूले चरमसुख अनुभव गर्न सक्दैनन् । अत्यन्त सहज अवस्थामा भावनात्मक लगावको तीव्रता, सुरक्षाको प्रत्याभूति र यौनक्रियमा संलग्न पुरुषको आफूप्रति इमानदारीमा सन्तुष्ट भएपछि मात्र स्त्रीले चरमसुख प्राप्त गर्न सक्छन् । पुरुषको जस्तो उत्तेजित अवस्थामा शारीरिक निकटताबाट मात्र स्त्रीमा चरमसुखको अनुभूति हुँदैन । त्यसैकारण पनि भन्ने गरिन्छ, बहुसंख्यक स्त्रीले यौनसम्पर्कको बेला चरमसुख प्राप्त गर्दैनन् तर पुरुषले चरमसुख प्राप्त नगरी यौनसम्पर्क टुंगिदैन । सुक्रबार नगरिकबाट

तपाईको प्रतिक्रिया