Online Bichar
बिहिबार, फाल्गुण १०, २०८० | Thursday, February 22, 2024
                    डण्डिराज घिमिरे

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तिम्रो आगमनले अचेल नरोउ भन्छ मलाई
ब्यर्थै कल्पिएर परेली नधोउ भन्छ मलाई ।
छताछुल्ल चाहनाका भेलहरु रोक्दै छेक्दै
नजरको बार्दलीबाट टाढा नहोउ भन्छ मलाई ।

 

यत्र तत्र चुहिएका मेरा जिन्दगीका पाल टाल्दै
उज्यालोमा स्वागत छ अंधेरी नछोउ भन्छ मलाई ।
अर्तनादहरु बिगतका सबै बिस्मृतिमा बिसाउदै
बसन्तको उल्लासमा रमाउने कोहौ भन्छ मलाई ।
तपाईको प्रतिक्रिया