Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024
                 खगेन्द्र नेउपाने
अगाडि छ ताली पछाडी नि गाली
सामुन्नेमा माला अवीर परोक्षमा तीर
जिन्दगीमा नेता हुने रहर कस्लाई हुन्न
कथंकाल बनिहाले यहि लाग्छ पिर ।
बाटो घाटो गाडी घोडा जोल्टिङ खानु हुन्न
नेताकै छ सत्तो सराप सकिंदैन सुन्न
पड्के नेता भूँडी पड्क्योस् कतिसम्म खाका
जो सबैका मुखबाट यहि आउंछ भाका ।
साँझ बिहान आक्कल झुक्कल बत्ती जानु हुन्न
चलिहाल्छ नेता पुराण परिहाल्छ सुन्न
भोट देको यिनैलाई हो कस्लाई जाने भन्न
त्यो सरापले केहि हुन्न नेतालाई धन्न ।
नेता जी को बोली सिके कलाकार बन्ने
आफ्नै नक्कल उनै नेता सुनिदिन्छन् धन्ने
धन्न उन्ले सम्पत्ति चैं कमाकै छन नत्र
एउटा चुनाव तेत्रो खर्च पर्थे अलपत्र ।
गौरादह, झापा
तपाईको प्रतिक्रिया