Online Bichar
बुधबार, बैशाख ०५, २०८१ | Wednesday, April 17, 2024

                नेत्र काफ्ले खत्री

ए नेताहरु हो !!
नयाँ नेपाल बनाउने भन्दछौ
न पुरानो भत्काउन मान्दछौ
न नयाँ बनाउन जान्दछौ ।

नयाँ र पुरानाको परिभाषा लगाउ
जान्दैनौ भने जनता संग आउ
स्वाभिमानी नेपाली आदर्श सजाउ ।

ए नेताहरु हो !!
नेता भनेको मजदुर किसान होइन भने
श्रमजीवि नेपालीको ऐना होइन भने
नेता नीति र गौरबमा चल्न सक्दैन भने,

के नेताहरु चामल गन्ने धामी, बिजुवा जस्तो
पण्डित र ज्योतिष जस्तो रेखी लाउने
अन्दाजमा घटना र भविष्य बताउने
कोरा मिथ्या कल्पनाको आधारमा
जनताको गरिवी र अभावलाई गिज्याउदै
सर्बसाधारणका आँखामा छारो हाल्दै
उन्नती,समृद्धीको भाषण मात्र छाटेन् हो ?

यदि तिमी नेता हौ
तिमीले नेतृत्व दिन सक्नु पर्छ
नेतृत्व भनेको समग्रपन हो
नेतृत्व भनेको असल बाटे हो
नेतृत्व भनेको क्रमबद्धता हो ।

नेतृत्व वर्तमानको यथार्थ भोगाई हो
भुतको असल, खराबको समिक्षा हो
भविष्यको परिवर्तन र संवद्धीको लक्ष हो

त्यसैले तिमी नेता हौ भने
उच्व विचार र सरल जीवनशैलीमा
आम जनताको बीचमा भोग्नु पर्छ
पुरानो खराब भत्काउन मान्नु पर्छ
नयाँ असल बनाउन जान्नु पर्छ ।।
गौरादह – ३ झापा

तपाईको प्रतिक्रिया