काठमाडौं, २९ कार्तिक २०८३ । निर्वाचन आयोगले स्थानीय निर्वाचनबारे परामर्श थालेको छ । आयोगले आउँदो मंसिर ४ गते मुख्य राजनीतिक दलहरूलाई छलफलका लागि डाकेको हो ।
छठ पर्व मनाउन सर्लाही पुगेका कांग्रेस सभापति गगन थापाले दलहरूलाई आयोगले छलफलमा बोलाएको बताए ।
स्थानीय तहका प्रतिनिधिहरूको कार्यकाल आगामी वैशाख ३० गतेबाट सकिँदै छ । कानुनतः प्रतिनिधिको कार्यकाल सकिनु दुई महिनाअघि नै चुनाव गर्नुपर्छ । कानुनतः आगामी फागुनमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने हुन्छ ।
सोही विषय जानकारी गराउन छलफलमा बोलाइएको आयोगले जनाएको छ ।






