झापा, २९ कार्तिक २०८३ । झापाको दमकमा नाच्दा नाच्दै एक वृद्धको मृत्यु भएको छ । शुक्रवार राति ९:३० बजे दमक नगरपालिका –१ बुद्धटोल बस्ने ६६वर्षीय अमरबहादुर दर्जी आफ्नै घरमा मादक पदार्थ सेवन गरी नाचिरहेको अबस्थामा ढोकामा ठोक्किन पुगेका थिए । टाउकोमा चोट लागेकोले उनकी श्रीमती पार्वता नेपालीले उठाई ओछ्यानमा सुताएकी थिइन् । दर्जी बिहान ७ बजे मृत फेला परेका थिए । उनकी श्रीमतीले उठाउन जाँदा मृत भेटेकी थिइन् ।
घटनाबारे हिजो बिहान ।११ः४०बजे अस्थायी प्रहरी पोष्ट फाल्गुनन्दमा जानकारी गराउनसाथ प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो । दिउँसो १ः४० बजे शवको सम्पूर्ण कानुनी प्रकृया पुरा गरी पोस्टमार्टमको लागि दमक अस्पताल दमकको शवगृहमा लगेर राखिएको प्रहरीले जनाएको छ ।






