झापा, २९ कार्तिक २०८३ । नेपाल–भारत सीमामा तैनाथ सशस्त्र सीमा बल (एसएसबी) का एक जवानको ड्युटीकै बेला मृत्यु भएको छ ।
सशस्त्र सीमा बल (एसएसबी) का १२ औं बटालियन, ए कम्पनी मोहमारीका एक सिपाहीको शुक्रबार काजला सीमा चौकीमा ड्युटीको क्रममा अचानक स्वास्थ्य बिग्रिएपछि मृत्यु भएको हो । मृतक सिपाहीको पहिचान राजस्थान निवासी सुभाष चन्द्रका छोरा विक्रम सिंहको रूपमा गरिएको छ।






