Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

खगेन्द्र न्यौपाने

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

मेरो टोपी नाम्लोले किचेको
मेरो टोपी हेल्मेटले मिचेको
ठाडो छैन भन्छौ कि रेलिमै
यो त मेरै भुँडीले थिचेको ।

जागिर उस्तो भएन कैले नि
ठाडो टोपी लाउनलाई जैले नि
हुनु पर्यो ठेकदार नेता नै
माथि आफ्ना ठिक छैनन् पैले नि ।

गोर्खालीको छोरा त नाम मात्रै
आफ्ना लागि क्यै गर्न सकेन
तेर्हथुमे भाद्गाउँले पाल्पाली
पर्देश नगै हातमुख जुटेन ।

आफ्नै देशमा रेलगाडी चढेर
डाक्टर बैद्य आफ्नैमा पढेर
चन्द्र सूर्य संसारमा जनाउँला
टोपी दिवश त्यै बेला मनाउँला ।

झापा, गौरादह- २

तपाईको प्रतिक्रिया