Online Bichar
बुधबार, बैशाख ०९, २०८३ | Wednesday, April 22, 2026

पाँचथर, ९ वैशाख २०८३ । पाँचथरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। हिलिहाङ गाउँपालिका–७ का खडकबहादुर तामाङको बाँस काट्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

प्रहरीका सूचना अधिकारी रामचन्द्र शाहका अनुसार तामाङले काटिरहेको बाँस काबेली करिडोर अन्तर्गतको १३२ केभिए विद्युत् प्रसारण लाइनको तारमा छोएपछि करेन्ट लागेको हो।

बाँस भिजेको ९आलो० अवस्थामा रहेका कारण करेन्ट लाग्दा घटनास्थलमै उनको ज्यान गएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया