Online Bichar
शनिबार, मंसिर ०६, २०८३ | Saturday, November 21, 2026

काठमाडौं, ९ वैशाख २०८३ । इरानमा इजरायलको लागि जासुसी गरेको आरोपमा एक जनालाई फाँसी दिइएको छ। इरानी न्यायपालिकाका अनुसार मेहदी फरीद नामक व्यक्तिले इजरायको गुप्तचर एजेन्सी मोसादलाई देशको संवेदनशील विषयका बारेमा जानकारी दिएका थिए।

इरानी अदालतका अनुसार मेहदी फरीद देशको एउटा महत्त्वपूर्ण संस्था प्यासिभ डिफेन्स कमिटीको व्यवस्थापन विभागमा काम गर्थे। उनले इन्टरनेटमार्फत् इजरायललाई सम्पर्क गर्थे ।

मानव अधिकार संगठन र सामाजिक कार्यकर्ताहरूले भने बढ्दो मृत्युदण्डका घटनाप्रति चिन्ता व्यक्त गरेका छन्। विशेषगरी अमेरिका,इजरायल र इरान बीच युद्ध सुरू भएपछि मृत्युदण्डका घटना वृद्धि भएका छन्।

बीबीसी फारसीको रिपोर्ट अनुसार,युद्ध सुरु भएदेखि मृत्युदण्ड जासुसीको आरोप लागेकाहरूमा मात्र सीमित छैन, विरोध प्रदर्शनमा संलग्न भएको कारण केही मानिसहरूलाई पनि मृत्युदण्ड दिइएको छ।

 

तपाईको प्रतिक्रिया