Online Bichar
शुक्रबार, मंसिर ०५, २०८३ | Friday, November 20, 2026

काठमाडौं, ४ मंसिर २०८३ । आफूहरु सिभिल प्रहरी भएको बताउँदै काठमाडौंको ज्याठास्थित एक डान्सबारका संचालक तथा कर्मचारीलाई धाकधम्की र अभद्र व्यवहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–८ घर भई हाल भक्तपुर बस्ने २२ वर्षीय नवराज कुँवर र सोही स्थान घर भई भक्तपुर नै बस्ने १८ वर्षीय सुमन तामाङ रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहीबार राति काठमाडौं महानगरपालिका–२६ ज्याठास्थित गोल्डेन आई डान्स बारमा प्रवेश गरी आफूहरु सादा पोसाकको प्रहरी भएको दाबी गर्दै विवाद सिर्जना गरेका थिए। सो क्रममा क्लबका संचालक तथा स्टाफहरूलाई डरत्रास देखाई अभद्र व्यवहार गरेपछि प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका दुवै जनाविरुद्ध अभद्र व्यवहार गर्न नहुनेकसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ३ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दान बहादुर थापाले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया