Online Bichar
बुधबार, बैशाख ०९, २०८३ | Wednesday, April 22, 2026

सिरहा, ९ वैशाख २०८३ । सिरहाको गोलबजारबाट गाँजासहित एक महिला पक्राउ परेकी छन्। गोलबजार नगरपालिका–२ टुडकीयाकी गीता कुमारी साहलाई प्रहरीले २० किलोभन्दा बढी गाँजासहित पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक सुदन केसीका अनुसार विशेष सुराकीका आधारमा मंगलबार दिउँसो उनलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार साहलाई उनको घरमै प्लास्टिकको झोलामा गाँजा प्याकिङ गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।
घरबाटै २० किलो ४ सय ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा साहले अन्य स्थानबाट गाँजा खरिद गरी भारततर्फ पुर्‍याएर बिक्री वितरण गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया