Online Bichar
बुधबार, बैशाख ०९, २०८३ | Wednesday, April 22, 2026

झापा, ९ वैशाख २०८३ । झापाको मेचीनगर नगरपालिका–२ थापा चोकमा जंगली हात्तीले घरमा क्षति पुर्‍याएको छ। मंगलबार बिहान करिब १ बजे स्थानीय जगन्नाथ बनको ढुङ्गा, माटो र काठपातले बनेको टिनको छानो भएको एकतले भान्सा घरमा हात्ती पसेर पूर्ण रूपमा भत्काएको प्रहरीले जनाएको छ।

हात्तीले भान्सा घरभित्र राखिएको करिब ७ मन धानसमेत खाएको छ। उक्त घटनाबाट भान्सा घर र धान गरी करिब ३० हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको बताइएको छ। घटनामा कुनै मानवीय तथा चौपायाको क्षति नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

तपाईको प्रतिक्रिया