काठमाडौं, ९ वैशाख २०८३ । व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवालमाथि थप अनुसन्धान गर्न अदालतले सात दिनको म्याद थप गरेको छ।
काठमाडौं जिल्ला अदालतले बुधबार न्यायाधीश तिलकबहादुर कार्कीको इजलासबाट उनीहरूलाई अनुसन्धानका लागि थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो।
प्रहरीले जारी अनुसन्धानलाई थप सुदृढ बनाउन म्याद थपको माग गरेपछि अदालतले उक्त अनुमति दिएको जनाएको छ। उनीहरूमाथि लगाइएको आरोप र अनुसन्धानका विषयमा थप विवरण सार्वजनिक गरिएको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।






