Online Bichar
सोमबार, बैशाख ०७, २०८३ | Monday, April 20, 2026

झापा, ७ वैशाख २०८३ । झापाको कमल गाउँपालिका–५ स्थित रबि पेट्रोल पम्प नजिक पूर्व–पश्चिम राजमार्गमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जना घाइते भएका छन्।

आज दिउँसो करिब १२:३० बजे दमकबाट पाडाजुगीतर्फ जाँदै गरेको को ३८ प १५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १–२–०४१ प २२८२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनामा १५३१ नम्बरको मोटरसाइकल चालक गौरादह नगरपालिका–१ निवासी ३९ वर्षीय जीवन पुरी घाइते भएका छन्। उनको दुबै हातखुट्टा, बायाँ हात र औँलामा चोट लागेको छ। घाइते पुरी बोल्न सक्ने अवस्थामा रहेका छन् र मध्यम अवस्था रहेको जनाउँदै उपचारका लागि अस्पताल पठाइएको छ। सोही मोटरसाइकलमा पछाडि सवार गौरादह–९ निवासी ३७ वर्षीय डमन सापकोटा भने सकुशल रहेका छन्।

दुर्घटनापछि अर्को मोटरसाइकल चालक भने फरार रहेका छन्। उनको नाम, थर र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ। फरार चालकको खोजीकार्य जारी रहेको छ।

प्रहरी टोली घटनास्थलमा खटिई दुवै सवारी साधनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ।

तपाईको प्रतिक्रिया