Online Bichar
शनिबार, भाद्र ०६, २०८३ | Saturday, August 22, 2026

काठमाडौं, ७ वैशाख २०८३ । गृहमन्त्री सुधन गुरुङले आफूमाथि लागेको सेयर खरिदसम्बन्धी आरोपबारे स्पष्टीकरण दिएका छन्। व्यवसायी दीपक भट्टसँग नाम जोड्दै २५ लाख रुपैयाँ बराबरको सेयर लुकाएको भन्ने समाचारप्रति प्रतिक्रिया दिँदै उनले सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

गुरुङले आफूले धितोपत्र बजारमा कारोबार हुने सेयरमा दुई करोड रुपैयाँभन्दा बढी लगानी गरेको विवरण सम्पत्ति विवरणमै स्पष्ट रूपमा उल्लेख गरेको बताएका छन्। उक्त विवरण मन्त्रिपरिषद्को वेबसाइटमार्फत जोकोहीले हेर्न सक्ने उनले उल्लेख गरेका छन्।
उनका अनुसार स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा गरिएको लगानी पनि सोही समूहअन्तर्गत समेटिएको छ। “यो लुकाउने विषय होइन, वर्गीकरणको विषय हो,” उनले भनेका छन्।

आफूले सम्पत्ति खुला रूपमा सार्वजनिक गरेको उल्लेख गर्दै उनले लुकाउने मनसाय भए यति ठूलो रकम सार्वजनिक नगर्ने तर्क गरेका छन्। साथै ‘मन्त्री हुनुअघि सेयर किनिएको’ विषयलाई लिएर उठेका प्रश्नप्रति उनले सेयरमा लगानी गर्नु कुनै अपराध नभएको बताएका छन्।
गुरुङले सबै कारोबार बैंकिङ प्रणालीमार्फत पारदर्शी रूपमा गरिएको दाबी पनि गरेका छन्।

तपाईको प्रतिक्रिया