Online Bichar
सोमबार, बैशाख ०७, २०८३ | Monday, April 20, 2026

काठमाडौं, ७ वैशाख २०८३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी वैशाख ७ गतेदेखि जेठ ४ गतेसम्म थप समय बन्द हुने भएको छ। यस अवधिमा विमानस्थल राति ११:४५ बजेदेखि बिहान ६:३० बजेसम्म सञ्चालनमा नआउने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

यसअघि विमानस्थल राति १ बजेदेखि बिहान ६ बजेसम्म बन्द हुँदै आएको थियो। अब भने निर्माण कार्यका कारण थप १ घण्टा ४५ मिनेट समय बढाएर बन्द गर्न लागिएको हो।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार दक्षिणतर्फको ट्याक्सी वे र ह्याङ्गर क्षेत्रमा रनवे विस्तार तथा अन्य निर्माण कार्य गर्नुपर्ने भएकाले समय थप गरिएको हो। यो व्यवस्था करिब २७ दिनसम्म लागू हुनेछ।

तपाईको प्रतिक्रिया