Online Bichar
बिहिबार, भाद्र ०४, २०८३ | Thursday, August 20, 2026

डण्डिराज घिमिरे “ बिबेक”

१ 
पारीपट्टी चौतारीमा आज फेरी जाउँ लाग्यो
तिमीलाई भेटी रोधी घरमा हाम्र्रै गीत गाउँ लाग्यो

बनै भरी रंगीचंगी फूलहरु फूलीरहंदा
नाचीनाची भुर्र उडी तिमी संग रमाउँ लाग्यो

कुहुकुहू स्वर संग प्रकृतिले मीत बोल्दा
दुई मुटुको एकै धड्कन पुनः कसम खाउँ लाग्यो

जाईजुई चमेलीले रङ्ग फेरी मुस्कुराउँदा
सत्यसत्य धरोधर्म तिमीलाई नै पाउँ लाग्यो ।।


पाना भरी तिम्रो मुहार देखिएको गजल हो यो
सत्य सत्य तिम्रोलगि लेखिएको गजल हो यो

क्षितिजको बिसौनीमा आँफुलाई हराउँदा
अंगालोमा तिमीलाई भेटिएको गजल हो यो

उद्यानमा फक्रिएको रानी फूल चुम्नलाई
जंजिर काँडा पनि टेकिएको गजल हो यो

हृदयको ढुकढुकीमा पल पल सजाउँदै
नसा नसा रगतमा जेलिएको गजल हो यो

विश्वास गर तिम्रा लागि बिबेकले जे नी गर्छ
तिम्रा लागि असिनापानी छेकिएके गजल हो यो ।।

गौरादह झापा

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments