Online Bichar
आइतबार, जेठ ०६, २०८१ | Sunday, May 19, 2024

झापा, २४ वैशाख २०८१ । झापा प्रहरीले आर्थिक वर्ष २०८०/०८१ सम्ममा ३५३ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । विभिन्न मितीमा भएको फैसला बमोजिम फरार प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीको टोलीले विभिन्न समयमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ परेका प्रतिवादीहरुलाई  १ सय ४१ वर्ष ६ महिना २ दिन कैद र ४ करोड ४० लाख ९२ हजार २ सय ७८ रुपैयाँ बिगो जरिवाना कायम भएको जनाइएको छ । जसमध्ये २०८० फागुन ६ गते देखि हालसम्म ६६ वर्ष ४ महिना ३ दिन कैद र ४२ लाख ४६ हजार १ सय ९७ रुपैयाँ बिगो जरिवाना कायम भएका १ सय ८८ जना फरार प्रतिवादीहरु समेत रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया