Online Bichar
शनिबार, माघ ११, २०८२ | Saturday, January 24, 2026

जनकपुरधाम, ४ जेठ २०८१ । मिथिलाञ्चलमा शुक्रबार जानकी नवमी मनाइँदै छ। जानकी मन्दिरका महन्थ रामरोशन दासले जानकी जन्म महामहोत्सवको अवसरमा बिहान साढे ७ बजे दूधमती शाही स्थान भएको बताए ।

मध्याह्न १२ बजे जानकीको प्राक्टय बधाइ मंगलगान र आरती, ४ बजे मन्दिरबाट डोला निस्कने र साँझमा सन्ध्या आरती र त्यसपछि बधाइ मंगलगान हुने उनले जानकारी दिए।

जानकी जन्ममहोत्सवको अवसरमा वैशाख २७ गतेदेखि मन्दिरको प्राङ्गणमा बधाइ गान, मंगलगान, सन्ध्या आरती, भजन तथा रामकथा आयोजना हुँदै आएको छ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जानकी नवमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। जानकी नवमीमा राष्ट्रिय पर्व मनाउनुपर्ने र देशैभर सार्वजनिक विदा दिनुपर्ने जनकपुरधामका बासिन्दाको माग छ।

 

तपाईको प्रतिक्रिया