झापा, ८ भदौ २०८३ । युवती राखेर यौन व्यवसाय संचालन गरिरहेको गुनासो बढेपछि प्रहरीले मेची आँखा अस्पताल सैनिकमोड क्षेत्रका होटलमा छापा मारेको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोलीले आज राति त्यहाँका होटलहरुमा छापा मारेको हो । त्यसक्रममा होटल सेभेन इनबाट संचालकसहित तीनजना पक्राउ परेका छन् । होटलका संचालक गंगा गुरुङ र त्यहाँ रहेका युवतीहरुलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
अनैतिक क्रियाकलाप हुने गरेको गुनासो आएका होटलहरुमा सर्च अपरेशन जारी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष पाठकले बताए ।






