काठमाडौं, ८ भदौ २०८३ । साताको पहिलो कारोबार दिन सेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । सोमबार १९.१३ अंकले घटेर नेप्से २५९९,५८ अंकमा बन्द भएको हो । कारोबार सुरु भएसँगै घटेको बजारले दिनभर निरन्तरता पाउँदा अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।
यो दिन कुल ३५० वटा कम्पनीको ८५ लाख ७२ हजार कित्ता सेयर ३ अर्ब २३ करोडमा किनबेच भयो । जसमा ४७ वटाको बढ्दा २२९ वटाको मूल्य घटेको हो ।
यो दिन सर्वोत्तम पेन्ट्सको १४.९९ प्रतिशतले मूल्य बढ्दा धौलागिरी लघुवित्त वित्तीय संस्थाको ११.९८ प्रतिशतले मूल्य बढेको छ ।
यस्तै आजको कारोबारमा सर्वाधिक मूल्य घट्नेमा पञ्चकन्यामाई हाइड्रो अगाडि छ । यो कम्पनीको ९.८३ प्रतिशतले मूल्य घट्दा विन नेपाल लघुवित्तको पनि ८.६७ प्रतिशतले मूल्य घटेको हो ।






