Online Bichar
सोमबार, भाद्र ०८, २०८३ | Monday, August 24, 2026

झापा, ८ भदौ २०८३ । केही दिनदेखि शुल्क वृद्धिको विरुद्ध आन्दोलन गरिरहेका विद्यार्थीहरुले दमक बहुमुखी क्याम्पसमा तालाबन्दी गरेका छन् ।

आन्दोलनरत विद्यार्थीहरूले आज बिहान क्याम्पस परिसरमा शान्तिपूर्ण प्रदर्शन गर्दै क्याम्पस प्रमुखको कार्यालय र प्रशासन शाखामा तालाबन्दी गरेका हुन्।

विद्यार्थीहरूले बढाइएको शुल्क तत्काल फिर्ता लिनुपर्ने माग गर्दै आन्दोलनलाई थप सशक्त बनाएका छन्। शुल्क वृद्धिले विद्यार्थी तथा अभिभावकमाथि आर्थिक भार थपिएको भन्दै उनीहरूले निर्णयमा पुनर्विचार गर्न क्याम्पस प्रशासनसँग माग गरेका छन्। विद्यार्थीहरूले शुल्क निर्धारण गर्दा विद्यार्थी तथा सरोकारवालासँग आवश्यक छलफल र सहमति गर्नुपर्ने बताएका छन्।

माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने विद्यार्थीहरूको भनाइ छ। तीन दिनअघि पनि उनीहरुले प्रदर्शन गरेका थिए । आन्दोलनको नेतृत्व स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का अध्यक्ष भूपेन्द्र बस्नेतले गरिरहेको जनाइएको छ।

 

तपाईको प्रतिक्रिया