Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

जेबी खड्का
गौरादह, ५ जेठ २०८१ । लागुऔषध दुर्व्यसनी न्युनिकरण गर्न संघ संस्थाहरुले सक्रियता बढाएका छन। युवा समुदायहरुमा लागु औषधको प्रयोग बढ्दै जाँदा यसले भयाभह रुप लिन सक्ने भएकाले न्युनिकरणका लागि संघ संस्थाहरु अग्रसर भएर लागेका छन। गाउँ समाजमा रहेका युवाहरुलाई लागु औषध प्रयोगबाट जोगिन संघ संस्थाहरुले सचेतना कार्यक्रम गरिरहेका छन।

झापाको कमल गाउँपालिका वडा नं.६ को लखनपुरमा दुर्व्यसनी न्युनिकरण सम्बन्धि अभिमुखिकरण तथा अभिभावक सचेतना कार्यक्रम गरिएको छ। कमल गाउँपालिका वडा नं.६ को आयोजनामा सम्पन्न कार्यक्रममा शुभारम्भ नेपालले सहजिकरण गरेको थियो। लागुऔषध प्रयोग कर्ताबाट बढ्न सक्ने अपराधिक क्रियाकलापको जोखिम नियन्त्रण गर्न अभिभावकहरुलाई कार्यक्रम मार्फत सचेत गराइएको हो।

पछिल्ला समयमा लागू औषध प्रयोग कर्ताको संख्या बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सहजकर्ता खेमराज अधिकारीले यस प्रकारका क्रियाकलापबाट सचेत रहन अभिभावकहरुलाई जानकारी गराउन गराउनु भयो। शुभारम्भ नेपालका तर्फबाट सहजिकरण गरेका सहजकर्ता अधिकारीले लागुऔषध प्रयोग कर्ताबाट देखिने संकेत, असर, पारिवारिक क्रियाकलाप लगायतका बिषयमा जानकारी गराएका थिए।

कार्यक्रमको प्रमुख अतिथि कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपानेले लागुऔषध दुर्व्यसनीबाट युवाहरुलाई टाढा राख्न अभिभावक सचेत हुनका साथै टोल बिकास संस्थाका पदाधिकारीहरु चनाखो हुनुपर्ने धारणा राखेकी थिइन। कमल गाउँपालिका वडा नं.६ का कार्यवाहक अध्यक्ष टंक खड्काको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो। वडा नं.६ का वडाध्यक्ष नरेन्द्र भट्टराई अभिभावकहरुबाट नारायण प्रसाद भट्टराई लगायतले शुभकामना मन्तब्य राखेका थिए। शुभारम्भ नेपालकी अध्यक्ष चेतना निरौलाले कार्यक्रमको संचालन गरेकी थिइन।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया