झापा, ११ साउन २०८१ । झापामा सुन जस्तो धातु देखाई ठगि गर्न खोज्ने २ जनालाई मानिसलाई प्रहरीले पक्राउ गरेको छ । ताप्लेजुङ साविक तेल्लोक गा.बि.स. वडा नं.७ हाल सिरीजङघा गाँउपालिका वडा नं.४ घर भई जिल्ला झापा अर्जुनधारा नगरपापालिका वडा नं.११ पुतलीझोडा बस्ने ४२ वर्षिय माईला कामी भन्ने पदम बहादुर बिश्वकर्मा र ताप्लेजुङ मैवाखा गाँउपालिका वडा नं.६ सामतोङ बस्ने ४१ वर्षिय राम लिम्बु पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी निरीक्षक अनिश बुढाथोकीको टोलिले सूचनाको आधारमा शिवसताक्षी नगरपालिका-९ मिलन चोक स्थित पुर्व पश्चिम राजमार्गको उत्तर तर्फ रहेको रतुवामाई बृक्षारोपण आयोजनाको जंगलमा सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं.५ कालाबन्जार स्थित पाथीभरा ज्वेलर्स संचालन गर्ने मान बहादुर बि.क.लाई बिलबिजक नभएको गाली राखेको अन्दाजी ७०० ग्राम सुन जस्तो देखिने धातु बेच्न लागेको अवस्थामा राम लिम्बुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
राम लिम्बुलाई पक्राउ गरी चेकजाँच गर्दा उनले बोकेको झोला भित्र सेतो कपास र रातो कपडाले बेरेको बाहिरी भाग कालो भएको बिच भागमा काटिएको पहेलो सुन जस्तो देखिने बस्तुको लेप लगाएको १ के.जी १९० ग्राम तौल भएको धातु, फलामको बिड बिनाको १ थान मार्तोल र बिभिन्न सुन चाँदी पसलको बिल तथा भिजिटिङ कार्डहरु फेला परेकोले लिम्बुलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनको साथी पदम बहादुर विश्वकर्मा भागि फरार भएको भनि जानकारी गराएकोले उनलाई समेत खोजतलास गर्ने क्रममा अर्जुनधारा नगरपालिका११ पतलीझोडा स्थितमा भाग्दै गर्दा फेला पारी पक्राउ गरिएको जनाइएको छ ।
दुवै जनालाई इलाका प्रहरी कार्यालय झिलझिलेबाट आज झापा जिल्ला अदालतमा उपस्थित गराई ठगी कसुर मुद्दामा ५ दिन म्याद थप लिई थप अनुसन्धान कार्य जारी रहेको जनाइएको छ । साथै राम लिम्बु यस अघि कर्तव्य ज्यान मुद्दामा ११ वर्ष कैद सजाय भुक्तान गरेको भन्ने समेत खुल्न आएको ।








