काठमाडौं, १० असार २०८३ । नेप्से परिसूचक आज पनि दोहरो अंकले घटेर बन्द भएको छ। बुधबार कारोबार सुरु भएदेखि नै ओरालो यात्रामा रहेको नेप्से परिसूचक अन्तिम समयमा १४.४५ अंकले घटेर २६६०.०२ विन्दुमा झरेको हो।
यसअघि मंगलबार नेप्से परिसूचक २६.१६ अंकले घटेर २६७४.४८ विन्दुमा अडिएको थियो। त्यसअघि सोमबार परिसूचक १.४६ अंकले घटेर २७००.६५ विन्दुमा पुगेको थियो।
यसदिन नेप्से घटेसँगै कारोबार रकममा भने मंगलबारको तुलनामा सामान्य सुधार भएको छ। मंगलबार ४ अर्ब ३६ करोड मूल्य बराबरको कारोबार भएकोमा आज कारोबार रकम ४ अर्ब ४१ करोड नाघेको छ।
यसदिन ३३८ वटा स्क्रिप्सको १ करोड ७ लाख लाख ७ हजार ५८२ कित्ता सेयर ४ अर्ब ४१ करोड ८६ लाख ७ हजार ४८६ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये ६२ वटा स्क्रिप्सको मूल्य बढ्दा २०२ वटाको घट्यो। १० वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। दोहोरो अंकले घटेको बजारमा दुई कम्पनीको सेयर सकारात्मक सर्किटलेभलमा कारोबार भयो। टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बलिङ्ग हाइड्रोपावरको सेयर १५ प्रतिशतले बढ्दा भुजुङ्ग हाइड्रोपावरले सेयर १४.६९ प्रतिशतले बढ्यो।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीले २९ करोड मूल्य बराबरको कारोबार गर्यो। सोपान फर्मास्कुटिकल्सको १७ करोडको कारोबार हुँदा युनाइटेड मोदी हाइड्रोपावर,सप्तकोशी डेभलपमेन्ट बैंक र साहस उर्जाले ११/११ करोडको कारोबार गरे।
फाइनान्स र ट्रेडिङ समूहको उपसूचकबाहेक अरु समूहको उपसूचक सकारात्मक देखिए।






