Online Bichar
बुधबार, आषाढ १०, २०८३ | Wednesday, June 24, 2026

झापा, १० असार २०८३ । इलाका प्रहरी कार्यालय शिवगंजले अवैध सामान नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय शिवगञ्जबाट गएको गस्ती टोलीले हिजो लालपानीबाट विभिन्न किराना सामान मोटरसाइकलसहित बरामद गरेको हो ।

३५ केजी चिनी , जिरा दुई प्याकेट ,चिसो स्प्राइट दुई कार्टुन र लेज १२ पोका बरामद गरिएको प्रहरीले जनाएको छ । मोटरसाइकलसहित अन्दाजी ६ हजार बराबरको ती सामान इलाका प्रहरी कार्यालय झिलझिलेमा बुझाइएको छ ।

 

तपाईको प्रतिक्रिया